१४ अप्रिल, होकुदाइ । नेपाली नयाँ बर्षको अबसर पारेर होकुदाइ युनिभर्सिटी नेप्लिज स्टुडेन्ट एसोसिएसन(हुन्सा)ले ’होकुदाइ बिसौनी’ नामक स्मारिका  सार्बजनिक गरेको छ । बिहीवार बिश्वबिद्यालयमा आयोजित समारोहमा हुन्साको बाषिर्क प्रकाशनको १३ औं संस्करण सार्बजनिक गरिएको हो ।

नेपाल र जापानवीच दौत्य सम्बन्ध स्थापना भएको ५५ बर्ष पुरा गरेको अबसर पारेर प्रकाशन गरिएको यो अंक नेपाल पर्यटन बर्ष र दौत्य सम्बन्धका आयामहरुमा केन्द्रीत छ । हुन्सा, गैरआवासीय नेपाली संघ होकुदाइ साखा र जापान-नेपाल सोसाइटी होकुदाइ साखाले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा जापानी र नेपाली गरि करिव ६० जनाको उपस्थीति थियो ।

१३ औं बाषिर्क अंकको प्रधान सम्पादक डा. यादवप्रसाद ढकाल हुनुहुन्छ भने अजय पौडेल, सन्तोषप्रसाद साह र डा. सुवेश घिमिरे सम्पादकमण्डलमा हुनुहुन्छ ।

Write a Comment

 

थप हेडलाइनहरु

Copyright © 2012 TokyoNepal.com. All rights reserved.