(जुलाई ९, २०१२ देखि लागू हुने)

नयाँ आप्रवाशन व्यवस्थापन प्रणाली कसको लागि लागु हुने ?

नयाँ आप्रवासन प्रणाली आप्रवाशन नियन्त्रण ऐन अनुसार जापानमा मध्याकालीन वा दीर्घकालीन बसोबासको लागि कानुनी मान्यता पाएका विदेशी नागरिकहरुको हकमा लागु हुनेछ । निम्न ६ किसिमले बाहेक अन्य तरिका वा उद्धेश्यले जापान आएका विदेशी नागरिकहरुको हकमा यो प्रणाली लागु हुनेछ ।

१. जापानमा ३ महिना भन्दा कम अवधिको लागि बस्न अनुमति पाएका

२. अस्थायी पर्यटकको मान्यता पाएका

३. कुटनीतिक तथा विदेशी अधिकारीको हैसियत भएका

४.न्याय मन्त्रालय अध्यादेश अनुसारमाथि उल्लेखित ३ प्रकारका सरह हैसियत राख्ने विदेशी नागरिक

५. विशेष स्थायी आप्रवाशी

६.आप्रवाशीको मान्यता नपाएका व्यक्तिहरु

नयाँ प्रणाली जापानमा बसीरहेका मध्य तथा दीर्घकालीन आप्रवाशीहरुको हकमा लागु हुनेछ । यसमा जापानी नागरिक वा जापानी मूलका व्यक्ति -निक्केइ) सँग बिहे गरेका, जापानी नागरिकको पति पत्नी वा जापानी नागरिकको छोराछोरी तथा दीर्घकालीन आप्रवाशीहरु रहनेछन् । त्यस्तै इन्जिनियर, मानविकी तथा अन्तराष्ट्रिय सेवाको विज्ञ लगायतका रुपमा जापानमा जागिर गरिरहेको, प्राविधिक क्षेत्रको सिकारु, विद्यार्थी, तथा स्थायी आप्रवाशीहरुलाई नयाँ प्रणालीले समेट्नेछ । यसले पर्यटकको रुपमा छोटो समयका लागि जापान भ्रमणमा आउने विदेशी नागरिकलाई समेट्नेछैन ।

आवासीय परिचय पत्र के हो ?

आवासीय परिचयपत्र -रेसिडेन्ट कार्ड) मध्य तथा दीर्घकालीन आवास अनुमति पाएका विदेशी आप्रवासीहरुलाई वितरण गरिनेछ । त्यस्तो कार्ड प्राप्त गर्नेहरुलाई आफ्नो आवास हैसियत परिवर्तन गर्ने, जापान बसाइएको अवधि लम्ब्याउने लगायतका सुविधा प्राप्त हुनेछन् । यस्तो आवासीय कार्डमा भएका विवरणहरु आइसी चिपमा रेकर्ड गरिएको हुन्छ जसका कारण व्यक्तिले यो कार्डको दुरुपयोग गर्न तथा यसमा रहेका विवरणहरु परिवर्तन गर्न पाउनेछैन ।

यो कार्ड प्राप्त गर्न आवेदकले आवेदनसँगै उल्लेख गरिएबमोजिमको आफ्नो तस्वीर समेत पेश गर्नुपर्नेछ । आवेदकको फोटो निम्नानुसारको हुनुपर्नेछ

१. आवेदक आफ्नो मात्र एक्लो फोटो हुनुपर्नेछ

२. फोटोको आकार ४० मिलिमिटर लम्बाइ र ३० मिलिमिटर चौडाइको हुनुपर्नेछ र अन्य नाप तल चित्रमा दिइएको छ ।

३. कुनै टोपी वा टाउको ढाक्ने लुगा नलगाइकन खिचाएको फोटो हुनुपर्नेछ र स्पष्ट मुखाकृति देखिने र सिधा अगाडि हेरेको हुनुपर्नेछ ।

४. पृष्ठभूमिमा कुनै रंग वा छायाँ हुनुहुँदैन ।

५. स्पष्ट हुनुपर्छ ।

६.आवेदन दिनुभन्दा बढिमा ३ महिना अगाडि खिचिएको हुनुपर्नेछ ।

आवासीय कार्डको अवधि

कार्डको मान्य अवधि निम्नानुसार हुनेछ

स्थायी आवासीयहरुका लागि

१६ वर्ष वा सो भन्दा माथिका उमेरका आप्रवासीहरुको हकमा कार्ड जारी भएको मितिले ७ वर्षसम्म र १६ वर्षभन्दा कम उमेरकाहरुको हकमा उक्त व्यक्ति १६ वर्षको नपुगुन्जेल ।

स्थायी आवासीय बाहेकका लागि

१६ वर्ष वा सो भन्दा माथिका उमेरका आप्रवासीहरुको हकमा जापान बसाइ अवधि नटुंगिँदा सम्म र १६ वर्ष भन्दा कम उमेरका हरुको हकमा १६ वर्ष पुग्ने र बसाइ अवधि सकिने मध्ये जुन छिटो हुन्छ सोही अवधिसम्म ।

यदि विदेशी नागकिरले जापान बसाइको अवधि लम्बाउन वा आफ्नो आप्रवाशन हैसियत परिवर्तन गर्न आवदेन दिएको खण्डमा यो भागमा आवेदन किन कारवाही प्रक्रियामा जान सकेन भन्ने विषयको जानकारी राखिएको हुनेछ ।

यदि आवेदन अनुसार बसाइ अवधि वा आप्रवासी हैसियत परिवर्तन भयो भने उक्त आप्रवासीलाई पूरानो कार्डको सट्टा अर्को आवासीय कार्ड उपलब्ध गराइनेछ ।

भाग २: जापान बसाइको अवधि बढिमा ५ वर्षसम्म

जापान बसाइको अवधि बढिमा ५ वर्षले वृद्धि गर्नेगरी हुने परिवर्तन अनुसार विभिन्न हैसियतका आप्रवासीहरुको बसाइ अवधि निम्नानुसारको रहनेछ  :

आप्रवासी प्रकार बसाइ अवधि -रातो लगाइएकाहरु नयाँ व्यवस्था अन्तरगत थपिन लागेका हुन् )

नोट: ३ महिने समयावधि बढिमा ३ महिना जापान बस्ने योजना बनाएकाहरुका लागि हो । उनीहरुका लागि नयाँ आवासीय प्रणाली लागु हुनेछैन र उनीहरुलाई आवासीय परिचयपत्र वितरण गरिनेछैन ।

भाग ३ : पुनः प्रवेश अनुमति प्रणाली परिवर्तन हुने

विशेष पुनप्रवेश अनुमति प्रणाली लागु हुने

विदेशी नागरिकहरु जो सँग वैध राहादानी र आवासीय कार्ड छ र उनीहरु एक वर्ष भित्रमा फेरी पुरानै काम गर्न जापान फर्किन चाहन्छन् उनीहरुलाई फेरी पुनःप्रवेश अनुमतिका लागि आवेदन दिनुपर्नेछैन । यसलाई विशेष पुनप्रवेश अनुमति भनिन्छ ।

विदेशी नागरिक जो विशेष पुनप्रवेश अनुमतिमा जापानबाट बाहिरिनेछन् उनीहरुले जापान बाहिर रहँदा भने अनुमतिलाई लम्बाउन पाउनेछैनन् । जापानबाट बाहिरिएको एक वर्षभित्रमा फेरी जापान प्रवेश गर्न नसकेको खण्डमा उनीहरुको जापानी आवासीय हैसियत गुम्नेछ ।

विशेष पुनप्रवेश अनुमति प्रणाली त्यस्तो पासपोर्ट भएका विदेशीहरुको हकमा पनि लागु हुनेछ जसमा आवासीय कार्ड पछि जारी गरिनेछ भन्ने उल्लेख गरिएको छ वा पूरानो दर्ता प्रमाणपत्र भएकाहरुको हकमा पनि यो लागु हुनेछ ।

यदि जापानबाट फर्किएको एक वर्षभित्रैमा तपाइँको जापान बसाइ अवधि सकिने अवस्था रहेमा त्यो अवधि सकिनु अगावै जापान फर्किन चाहेको खण्डमा मात्र पुनप्रवेश अनुमति प्रणाली लागु हुनेछ । बसाइ अवधि सकिएपछि यो लागु हुनेछैन ।

निम्नानुसारका आप्रवासीहरुको हकमा भने नयाँ पुनःप्रवेश अनुमति प्रणाली लागु हुनेछैन

· आवासीय हैसियतको विषय पुनर्विचार भैरहेका आप्रवासीहरु

· बहिर्गमनको निश्चितता निलम्बनमा परेकाहरु

· लिखित बन्दी आदेश पाएकाहरु

· शरणार्थी आवेदन दिएका तथा डिजाइनेटेड एक्टिभिटीज शिर्षक अन्तरगत बसोबास गरिरहेकाहरु

· जापानको राष्ट्रिय हितका लागि खतराको रुपमा न्याय मन्त्रालयले औल्याएका तथा अन्य कारणहरुले आगमन र प्रस्थानमा रोक लगाइएकाहरु ।

पुनप्रवेश अनुमतिको अवधि अधिकतम ५ वर्ष

आउँदो जुलाई ९ देखि नयाँ प्रणाली लागु भएसँगै पुनप्रवेश अनुमतिको वैध अवधि ५ वर्ष पुराइनेछ जबकी यसअघि ३ वर्ष थियो ।

भाग ४:  पूरानो एलाइन दर्ता प्रणाली खारेज हुने

नयाँ आवासीय व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएसँगै एलाइन दर्ता प्रणाली खारेज हुनेछ । नयाँ कार्ड जारी नहुँदासम्म भने पुरानै एलाइन दर्ता प्रमाणपत्रले काम गर्ने मध्य तथा तथा दीर्घकालीन प्रवासीहरुलाई नयाँ आवासीय कार्ड नपाउँदा सम्म एलाइन रजिस्ट्रेशन प्रमाणपत्र आफुसँगै राख्न आग्रह गरिएको छ । नयाँ प्रणाली लागु भएपछि पनि नयाँ कार्ड नपाउँदासम्मको लागि क्षेत्रिय आप्रवासन कार्यालय तथा नगर कार्यालयहरुले पूरानै प्रमाणपत्रलाई कानुनी मान्यता दिनेछन् । नयाँ आवासीय कार्ड पाएसँगै पूरानो एलाइन दर्ता प्रमाणपत्र सम्बन्धित आप्रवासन कार्यालयमा बुझाउनुपर्नेछ ।

पूरानो कार्डले नयाँ कार्ड सरह मान्यता पाउने अवधि

आप्रवासीको हैसियत र उमेरको आधारमा पूरानो कार्डले नयाँ कार्ड सरह मान्यता पाउनेछ र त्यस अवधिभित्रमा आवेदन नदिएमा नयाँ कार्डका लागि आवेदन नदिएमा जापान बसाइ अनुमति स्वतः रद्ध हुनेछ ।

स्थायी आप्रवासीको हकमा

१६ वर्ष वा सो भन्दा बढि उमेरकाहरुको हकमा ८ जुन २०१५ र १६ वर्ष भन्दा कम उमेरकाको हकमा १६ वर्ष नपुगुञ्जेल वा उक्त अवधिमध्ये जुन छिटो आउँछ सोही अवधिसम्म ।

विशिष्टिकृत क्रियाकलापमा संलग्नहरुको हकमा

१६ वर्ष वा सो भन्दा बढि उमेरकाहरुको हकमा ८ जुलाई २०१५ वा बसाइ अवधि सकिनुअघिसम्म र १६ वर्षभन्दा कम उमेरकाहरुको हकमा १६ वर्ष नपुगुञ्जेल वा उक्त अवधिमध्ये जुन छिटो आउँछ सोही अवधिसम्म ।

अन्य आवासीय हैसियत भएकाहरुको हकमा

१६ वर्ष वा सो भन्दा बढि उमेरकाहरुको लागि बसाइ अवधि सकिँदासम्म र १६ वर्षभन्दा कम उमेरकाहरुको लागि १६ वर्ष उमेर पुग्ने र बसाइ अवधि सकिने मध्ये जुन छिटो हुन्छ सोही अवधिसम्म ।

नयाँ आवासीय व्यवस्थापन प्रणालीको प्रक्रिया
आगमन वा प्रस्थान स्थलमा
आप्रवासन परीक्षण
पासपोर्टमा आगमन प्रमाणित भएकाहरुलाई मध्य तथा दीर्घकालीन आप्रवासीहरुलाई आवासीय कार्ड जारी गरिनेछ । आवासीय कार्ड नारिता, हानेदा, चुबु र कन्साइ विमानस्थलबाट मात्र जारी हुनेछ ।
महानगर कार्यालय
आवास स्थलको जानकारी
क्षेत्रिय आप्रवासन कार्यालय
बसोबास क्षेत्र परिवर्तन बाहेकको जानकारी
नाम, जन्मसाल, लिंग तथा नागरिकताको विषयमा परिवर्तनको जानकारी
आवासीय कार्डको भ्यालिडीटी पिरियड बढाउन आवेदन
आवासीय कार्ड पुनःजारी गर्ने (आवासीय कार्ड हराएको, चोरी भएको वा विभिन्न कारणले बिगि्रएको खण्डमा )
आवेदक वा उसको पतिपत्नीको संस्थाको विषयमा जानकारी, (कुनै रोजगारी वा विद्यार्थी भिषावाहक र उसको पति पत्नीको हकमा )
आवासीय कार्डको पुनरावलोकन
आवासीय हैसियत परिवर्तन तथा बसाइ अवधि लम्बाउन अनुमति पाएको खण्डमा पुनः अर्को आवासीय कार्ड जारी गरिनेछ ।

आगमन वा प्रस्थानक्षेत्रको प्रक्रिया
आप्रवासन परिक्षण
नारिता, हानेदा, चुबु र कन्साइ विमानस्थलमा मध्य तथा दीर्घकालीन आप्रवासीको पासपोर्टमा आगमन प्रमाणित गरिएको स्थितिमा आवासीय कार्ड जारी गरिनेछ ।  अन्य विमानस्थल वा प्रस्थान तथा आगमन स्थलमा राहादानीमा आगमन प्रमाणित गरिने र स्टाम्प नजिकै त्यसको विवरण उल्लेख गरिनेछ । यस्तो अवस्थामा आप्रवासीले नियम बमोजिम महानगरपालिका कार्यालयमा आवेदन दिएपछि उसलाई आवासीय कार्ड उपलब्ध गराइनेछ । आप्रवासीको ठेगानामा क्षेत्रिय आप्रवासन कार्यालयले आवासीय कार्ड पठाउनेछ ।

आवासीय हैसियत  पाएका आप्रवासीहरुको लागि बर्जित गरिएका केही क्रियाकलापका लागि छुट दिइने सम्बन्धमा
नयाँ आवासीय व्यवस्थापन प्रणाली लागु भएसँगै विशेष अवस्थाका आप्रवासीहरुले नरिता, हानेदा, चुबु र कन्साइ विमानस्थलमा  आवासीय हैसियत भएका आप्रवासीका लागि निषेध गरिएका क्रियाकलाप गर्न छुट पाउनेछन् । त्यस्ता छुट पाउने आप्रवासीहरुमा जापानमा पहिलोपटक प्रवेश गरेकाहरु तथा विद्यार्थी भिषामा आएका आवासीय कार्ड पाएकाहरु रहनेछन् ।

महानगर कार्यालयको प्रक्रिया
बसोबास क्षेत्र परिवर्तनको सूचना पहिलोपटक जापान आउनेहरुको हकमा :
माथि उल्लेखित विमानस्थलहरुमा आवासीय कार्ड पाउनेहरुलाई आफु पहिलोचोटी बस्न जाने स्थानको महानगर कार्यालयमा सम्पर्क गर्न आग्रह गरिनेछ । त्यसपछि उनीहरुले आफु बसोबास गर्ने ठाउँको विषयमा १४ दिनभित्र न्याय मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ ।

नयाँ ठाउँमा बसाइँ सर्न लागेकाको हकमा :
बसोबासको ठाउँ परिवर्तन गर्न लागेका आप्रवासीलाई आफ्नो आवासीय कार्ड सहित महानगरपालिकामा उपस्थित हुन र १४ दिनभित्र आफु बस्ने नयाँ ठाउँको जानकारी न्याय मन्त्रालयलाई गराउनुपर्नेछ ।  नयाँ आवासीय व्यवस्थापन प्रणाली लागु भएपछि विदेशी आप्रवासीहरु जापानको आधारभुत आवासीय दर्ता प्रणालीको मातहतमा आउनेछन् । आफ्नो बसोबासको स्थान परिवर्तन भएकोबारे सबै जानकारी आवेदक आफैले गराउनेछन् तर आवश्यक परेको खण्डमा आवेदकले सहयोगी मार्फत पनि जानकारी गराउन सक्नेछन् ।

क्षेत्रिय आप्रवासन कार्यालयको प्रक्रिया
बसाइँ क्षेत्र बाहेक अन्य कुराको परिवर्तनको सूचना
देहायका विषयमा सूचित गराउन क्षेत्रिय आप्रवासन कार्यालयमा आउँदा आफ्नो पार्सपोर्ट, फोटो तथा आवासीय कार्ड ल्याउनुपर्नेछ । नाम, जन्ममिति, लिंग, तथा ठेगाना परिवर्तनको सूचना दर्ता गराउँदा  विवाह लगायतका कारणले आफ्नो नाम, जन्ममिति, लिंग, राष्ट्रियता लगायतका विषय परिवर्तन भएको खण्डमा चौध दिनभित्र क्षेत्रिय आप्रवासन कार्यालय मार्फत न्याय मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ ।

त्यस्तै आवासीय कार्डको नविकरण गराउनुपरेको खण्डमा पनि क्षेत्रिय आप्रवासन कार्यालयमा आवेदन दिनुपर्नेछ । १६ वर्ष भन्दा कम उमेरकाहरुको हकमा मान्य अवधि सकिनु ६ महिनाअघि र अरुको हकमा नविकरणको लागि २ महिनाअघि आवेदन दिनुपर्नेछ ।  आवासीय कार्ड चोरी भएको वा हराएको खण्डमा त्यसको १४ दिनभित्र अर्को कार्ड पाउनका लागि आवेदन दिनुपर्नेछ । त्यस्तै आवासीय कार्ड नराम्ररी बिगि्रएको वा च्यातिएको खण्डमा पनि जतिसक्दो छिटो आवेदन दिनुपर्नेछ ।

आप्रवासी कामदार वा जागिरेहरु भएका जापानी संगठनहरुको हकमा
मध्य तथा दीर्घकालीन आप्रवासी कामदारहरु रहेका संगठनहरुले १४ दिनभित्रमा क्षेत्रिय आप्रवासन कार्यालय वा छोकियो आप्रवासन ब्यूरो मार्फत न्याय मन्त्रालयलाई जानकारी दिनुपर्नेछ । त्यस्तै विदेशी विद्यार्थी भएका शैक्षिक संगठनहरुले पनि विद्यार्थी भर्ना भएको र पढाइ छाडेको १४ दिनभित्र न्याय मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ ।

ध्यान दिनैपर्ने कुरा
आवासीय हैसियत खारेज हुने अवस्था
·    गलत तरिकाबाट अवासीय अनुमति प्राप्त गरेकोमा
·    जापानी नागरिक वा स्थायी आवासीय आप्रवासीका पति पत्नी वा छोराछोरीको हकमा कानुन बमोजिमका क्रियाकलापमा संलग्न नभएको खण्डमा ।
·    बसोबास गर्ने क्षेत्रको बारेमा जानकारी नदिएको वा गलत सूचना दिएको खण्डमा

देशनिकाला हुने अवस्था
·    आवासीय कार्ड परिवर्तन गरेको खण्डमा
·    गलत सूचना दिएको आरोपमा कडा  सजायँ पाएको खण्डमा

कारवाही गरिने अवस्था
·    गलत सूचना दिएको वा सूचना दिने सम्बन्धि प्रावधान उल्लंघन गरेको वा आवासीय कार्ड देखाउनुपर्ने लगायतका नियम नमानेको अवस्थामा
·    आवासीय कार्ड परिवर्तन गरेको खण्डमा ।

प्रश्नोत्तर
प्रश्न : के मैले तत्कालै एलाइन दर्ता प्रमाणपत्र साटेर आवासीय कार्ड ल्याइहाल्नुपर्छ ?
उत्तर : नयाँ प्रणाली लागु भएपछि तत्कालै ल्याउनैपर्छ भन्ने छैन, तर यदि चाहनुहुन्छ भने सक्नुहुन्छ । अहिलेका एलाइन प्रमाणपत्र निश्चित अवधि सम्मको लागि नयाँ कार्ड सरह मान्य हुन्छन् र सो अवधिसम्म नयाँ कार्ड हुने सरह तपाइँले काम गर्न सक्नुहुन्छ । तपाइँ स्थायी आवासीय नभए तपाइँले बसाइ अवधि लम्बिए वा अन्य अनुमति पाएपछि आवासी कार्ड पाउनुहुनेछ । स्थायी आवासीय आप्रवासीको हकमा भने तपाइँले नयाँ प्रणाली लागु भएको ३ वर्षभित्रमा आवेदन गरे हुन्छ ।

प्रश्न : के नयाँ कार्डमा पनि पूरानै कार्ड सरह चाइनिज अक्षरमा नाम लेखिने हो ?
उत्तर : आवासीय कार्डमा ल्याटिन अल्फाबेटमा नाम र अन्य जानकारी लेखिनेछ र चाइनिज अक्षरहरु पनि समावेश हुनेछन् । उपनाम भने लेखिनेछैन ।

प्रश्न : अब नयाँ आवासीय प्रमाणपत्र कहाँबाट पाउन सकिन्छ ?
उत्तर : आवासीय कार्ड पाउन योग्य आप्रवासीहरुको आवासीय प्रमाणपत्र उनीहरु बसोबास गर्ने महानगर कार्यालयमा तयार गरिनेछ । उनीहरुले जापानी नागरिकले जस्तै महानगर कार्यालयबाट आवासीय प्रमाणपत्रको प्रतिलिपि लिन सक्नेछन् ।

कार्यक्रमबारे अंग्रेजी भाषामा जानकारी लिन यहां क्लिक गर्नुहोला

hfkfg a;fOsf] cjlw al9df % jif{;Dd

hfkfg a;fOsf] cjlw al9df % jif{n] j[l4 ug]{u/L x’g] kl/jt{g cg’;f/ ljleGg x}l;otsf cfk|jf;Lx?sf] a;fO cjlw lgDgfg’;f/sf] /xg]5 M

cfk|jf;L k|sf/

a;fO cjlw -/ftf] nufOPsfx? gofF Joj:yf cGt/ut ylkg nfu]sf x’g\ _

OlGhlgo/ tyf dfgljsL / cGt/fli6«o ;]jfsf] lj1sf] ?kdf hflu/ ul//x]sf],

t/ dgf]/~hgsf] If]q jf k|fljlws tflnd ul//x]sf] eg] ;d]l6g]5}g .

% jif{, # jif{, ! jif{, # dlxgf

ljBfyL{

$ jif{ # dlxgf, $ jif{, # jif{ # dlxgf, # jif{, @ jif{ # dlxgf, @ jif{, ! jif{ # dlxgf, ! jif{, ^ dlxgf, # dlxgf

hfkfgL gful/ssf] aRrf jf kltkTgL /

:yfoL a;f]af;sf] dfGotf kfPsf] cfk|jf;Lsf] aRrf jf kltkTgL

% jif{, # jif{, ! jif{, ^ dlxgf

gf]6 M # dlxg] ;dofjlw al9df # dlxgf hfkfg a:g] of]hgf agfPsfx?sf nflu xf] . pgLx?sf nflu gofF cfjf;Lo k|0ffnL nfu’ x’g]5}g / pgLx?nfO{ cfjf;Lo kl/rokq ljt/0f ul/g]5}g .

Write a Comment

 

थप हेडलाइनहरु

Copyright © 2012 TokyoNepal.com. All rights reserved.