२७ जनवरी, बाँके ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकार कुशासन र भ्रष्टाचारको दलदलमा फसेको बताएका छन् । थापाले अहिलेको सरकार इतिहासमै सबैभन्दा भ्रष्ट रहेको टिप्पणी गर्नु भयो । प्रमुख तीनदलले राजनीतिक सिण्डीकेट लागु गरेर ब्रहृमलुट मच्चाएको दाबी गर्दै थापाले जेठ १४ मा संविधान बन्न सक्ने सम्भावना नरहेको वताउनु भयो ।

बाँकेको नेपालगञ्जमा शुक्रवार आयोजित एक कार्यक्रममा थापाले वर्तमान सरकारले सुशासन र दीर्घकालीन योजना सार्वजनिक गरेर दुनियाँ हँसाएको टिप्पणी गर्नु भयो । थापाले वर्तमान सरकालाई सुशासनको कुरा गर्ने नैतिकतासमेत नरहेको आरोप लगाउनु भयो । बाबुराम भट्टराई नेतृत्वको सरकारले सर्वसाधारणलाई राहत दिने ? भन्दै बिहीबार दीर्घकालीन विकासका योजना सार्वजनिक गरेकोप्रति उनले आश्चर्य प्रकट गर्नु भयो ।

प्रधानमन्त्री भट्टराईले सुशासनका ठूला ठूला कुरा गरे पनि व्यवहारमा कुनै पनि उपलब्धि देखाउन नसकेको थापाको भनाई छ । प्रधानमन्त्रीले मुस्ताङ गाडी चढ्दैमा भ्रष्टाचार नरोकिने थापाले वताउनु भयो ।

Write a Comment

 

थप हेडलाइनहरु

Copyright © 2012 TokyoNepal.com. All rights reserved.