२७ जनवरी, काठमाण्डौ । उर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष  दिनको १४ घण्टाभन्दा वढी लोडसेडिङ नहुने वताउनु भएको छ । मन्त्री बोगटीले आईतवारबाट मध्य मर्साङदी जलविद्युत आयोजना मर्मतकालागी बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने गरी तयारी गरेको जानकारी दिनु भयो ।

राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रममा माओवादी सचिव वोगटीले   हेटौडा र दुहवीको थर्मल प्लान्ट सन्चालन गरेर ३० देखि ३५ मेघावाट,  भैरहवा र गण्डक प्रशारण लाईनमा भारतबाट ३० मेघावाट र कुलेखानीलाई क्षमता अनुसार चलाएर मध्य मर्साङदी बन्द हुँदा हुने कमीलाई पुरा गर्ने तयारी गरिएको बताउनु भयो ।

उहाँले लोडसेडिङको दर घटाउन आफूले १० बँुदे कार्ययोजना तयार पारिरहेको जानकारी दिदै आगामि मन्त्री परिषदको बैठकबाट कार्ययोजना पारित गरेर कार्यान्वयनमा लैजाने घोषणा गर्नु भयो । मन्त्री बोगटीले जलविद्युतको उत्पादनमा अहिलेनै जोड नदिए आगामी वर्ष २१ घण्टासम्म लोडसेडिङ खेप्नु पर्ने दावी गर्दै सरकारले निर्माणाधिन रहेका करिब १३० मेघावाट विद्युत उत्पादन कार्यलाई सुविधा दिएर द्रुत रुपमा अगाडि बढाउने रणनीति अगाडी बढाएको बताउनु भयो ।

Write a Comment

 

थप हेडलाइनहरु

Copyright © 2012 TokyoNepal.com. All rights reserved.