टोक्यो । १३ दिन अघि जापानको ओशाकामा हत्या गरिएका नेपाली ब्यबसायी बिष्णुप्रसाद धमलाको पुण्यतिथीका अबसरमा कान्साईस्थित नेपाली संघ सस्थाको आयोजनामा शनिवार  श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  कान्साईवासी नेपालीहरुको उल्लेख्य सहभागिता गरेको श्रद्धाञ्जली सभामा एक मिनेट मौन धारण तथा धटनास्थलमा फूल अर्मण गरी धमलाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

कार्यक्रममा एनआरएन जापानका केन्द्रीय सदस्य तुलसीराम खरेल, एनआरएन कान्साईका अध्यक्ष  नारायण स्टेफेन, सचिब रमेश बाबु घिमिरे ,पुर्ब अध्यक्ष हरिराज ढकाल, नवराज भट्टराई ,टिका कंडेल, हरि कंडेल, आत्माराम गैरे ,मुक्तिराम खरेल,दिनेश श्रेष्ठ, प्रकाश तुलाधर, भुमि दवाडी , दिलाराम सापकोटा, बिकाश बस्नेत,तेन्जिंग लामा, दिवाकर थापा, नबिन थपलिया, बिबेक ताम्राकार , कृष्ण पाण्डे , सन्तोष बस्याल लगायत झन्डै चार दर्जन नेपालीहरुको सहभागिता रहेको थियो । दुख र संकटको वेलमा कान्साईवासी नेपालीहरु उकजुट भएर सामना गर्न सक्छन् भन्ने उदाहरण नेपालीहरुको उपस्थितीले एक पटक फेरी देखाएको एनआरएन जापानका केन्द्रीय सदस्य तुलसीराम खरेलले जानकारी दिनु भयो ।

१३ दिन अघि आफ्नो रेष्टुँराको काम सकेर घर फर्किंदै गरेको अबस्थामा चार जना आक्रमणकारीले धमलामाथि आक्रमण गरेका थिए । संलग्न सवै आक्रमणकारी पक्राउ परेपनि हत्याको कारणबारे अहिलेसम्म खुलेको छैन् । धमलाको शवलाई उनकी जापानी पत्नी र भान्जाले नेपाल लिएर आएका छन भने परिवारको सहभागीतामा उनको दाहसंस्कार पनि भइसकेको छ ।

भिडियोका लागी तल क्लीक गर्नु होला ।

http://www.mbs.jp/news/kansaiflash_GE120128171800534777.shtml

Write a Comment

 

थप हेडलाइनहरु

Copyright © 2012 TokyoNepal.com. All rights reserved.