किन लम्वियो ज्ञानेन्द्रको भारत भ्रमण ?
२८ जनवरी, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो भारत भ्रमण एक साता लम्बाएका छन् । भारतीय नेताहरुसँग राजनीतिक भेटवार्ता गर्ने योजनामा रहेका उनलाई समय नमिलेपछि शुक्रबार आउने तालिका एक साताका लागि सरेको बताइएको छ । आफन्तको बिहेको निम्तो मान्न करिव तीन साता अघि ज्ञानेन्द्र भारत गएका थिए ।
ज्ञानेन्द्रका सहयोगीहरुले भाजपा नेता लालकृष्ण आडवाणी, कांग्रेस नेता दिग्बिजय सिंह लगायत केही भारतीय नेतासँग भेटवार्ताको समय मिलाइसकेको छ । आइतवारबाट राजनीतिक भेटवार्ता थाल्ने पूर्वराजाले कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग पनि भेटवार्ताको पहल गरिरहेको बताइएको छ ।
ज्ञानेन्द्रले कांग्रेस नेता करण सिंह र गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीसँग भने भेट गरिसकेका छन् । सिंह दोस्रो जनआन्दोलनका बेला दल र राजावीच सम्बाद गराउन काठमाण्डौं आएका थिए ।
ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सीना र उनका सहपाठी प्रभु समशेर राणा पनि यतिबेला दिल्लीमै छन् । यसअघि पनि उनी पटक पटक बिहेको निम्तो मान्न भारत गएका थिए । भारतको जोधपुरमा त्रिभुवन पट्टीका नातेदारहरु वस्छन् ।
Write a Comment
थप हेडलाइनहरु
- घट्यो लोडसेडिङ, अव १० घण्टा
- तिब्बतीलाई भिसा दिन राष्ट्रपति र प्रधानमन्त्रीलाई अमेरिकाको चर्को दबाब
- हुँदै नभएको रोगमा १५ लाख खर्च गरायो नर्भिकले
- जेपी जेल परेपछि फोरम बैठक बस्दै
- मुख्य तीन दलको बैठक बस्दै
- एसएमएसबाटै बत्ती अन-अफ
- मन्त्री रायमाझी भन्छन्–’संविधान जेठ १४ मै जारी हुन्छ’
- प्रचण्ड भन्छन्–’सेना समायोजन केही दिनमै हुन्छ ‘
- छोरा गरे आफ्नै आमाको हत्या
- राजाबादीको अनुहार किन उज्यालो ?



