- Friday, May 18, 2012, 11:57
- Nepal News
१८ मे, नुवाकोट । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले एकिकृत माओवादी फेरी संविधान नबनाउने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ । दलहरुवीचको सहमति माओवादी नेतृत्वबाट अपव्याख्या हुन थालेकाले कहिँ कतैबाट संबिधान बन्न नदिने षडयन्त्र भैरहेको केसीको भनाई छ ।
शुक्रवार नुवाकोटमा आयोजित कार्यक्रममा केसीले जेठ १४ मा संविधान निर्माणमा ...
Full story
- Friday, May 18, 2012, 10:15
- Nepal News
१८ मे, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी एसडी मेहताले दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादलाई आग्रह गर्नुभएको छ ।
प्रचण्डले शुक्रवार राजदूत जयन्त प्रसादलाई आफ्नै निवास लाजिम्पाटमा बोलाएर भारतीय कर्मचारी मेहताले नेपालको आन्तरिक मामलामा किन चासो राख्नुभएको हो त्यसबारे स्पष्ट पार्न ...
Full story
- Friday, May 18, 2012, 10:14
- Nepal News
१८ मे ,जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा बम विस्फोट गराउने मुख्य योजनाकार सन्तोष चौधरी -मुकेश चौधरी) रहेको तथ्य सार्वजनिक गरिएको छ । प्रहरीको केन्द्रीय अनुसान्धान व्यूरोले शुक्रवार जनकपुरमा पत्रकार सम्मेलनमा गरी व्यूरो प्रमुख उपेन्द्रकान्त अर्यालले उक्त तथ्य सार्वजनिक गर्दै यथेष्ठ प्रमाणका आधारमा सो कुरा पुष्टि भएको जनाउनुभयो । उहाँका अनुसार अभियुक्त चौधरी भारतमा रहेको सूचनासमेत प्राप्त भएको छ ।
चौधरीलगायत घटनामा संलग्न अन्यलाई कानुनको ...
Full story
- Friday, May 18, 2012, 10:13
- Nepal News
१८ मे , काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा ऐन परिमार्जनका लागि सहयोग पुर्याउन राजनीतिक नेतृत्वसँग आग्रह गरेको छ । मन्त्रालयले सो ऐन संशोधन गर्नेसम्बन्धी विधेयक मस्यौदा तयार गरी व्यवस्थापिका- संसदमा करिब एक वर्षअघि नै प्रस्तुत गरेको थियो ।
सो मस्यौदा हाल विधान समितिमा रहेको र सांसद्हरुले संशोधन राख्नुभएको बताइएको छ । ऐनको अभावमा चिकित्सकको बढुवा प्रक्रिया रोकिएको जनाउँदै मन्त्रालयले संशोधन विधेयकलाई ...
Full story
- Friday, May 18, 2012, 6:28
- Nepal News
१८ मे, काठमाण्डौं । ब्राम्हण क्षत्री सहित ११ जातीय समूहलाई आदिवासीमा सुचीकृत गर्न सरकार सहमत भएको छ । सहमतिपछि ब्राम्हण, क्षत्री, दशनामी, तथा दलितको संयुक्त संर्घष समितिले आव्हान गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम पनि फिर्ता भएको छ ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा बिहीबार राती भएको उक्त सहमति पछि अनिश्चितकालीन बन्द खुलेको हो । राती अबेर सकिएको बार्ताका क्रममा दुईपक्षबीच भएको तीन बुँदे ...
Full story
- Friday, May 18, 2012, 6:20
- Nepal News
१८ मे, दाङ । विभिन्न जातजातिले आ–आफ्नो माग गर्दै आन्दोलन गरिरहेका बेला राउटेले पनि जंगलमा राज्य मागेका छन् ।'सबैको आ आफ्नै राज्य भयो भने हामी कहाँ बस्ने’ राउटेका मुखिया मैनबहादुर शाहीले भने, 'हामीलाई अरु केही दिनु पर्दैन । जंगल राउटेको राज्य हो भनि घोषणा गरिदिनुपर्यो ।'
घुमन्ते समुदाय राउटेको एक टोली अहिले ...
Full story
- Thursday, May 17, 2012, 10:04
- Nepal News
१७ मे, काठमाडौं । प्रमुख तीन दलले गरेको राज्य पुर्नसंरचना गर्दा ११ प्रदेश बनाउने गरेको सहमति खारेज नभए संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारबाट बाहिरिने र सडकमा ओर्लिने चेतावनी दिएको छ ।
एकीकृत माओवादीसंग बिहीबार भएको छलफलमा मधेसी मोर्चाले आफूहरुलाई बाइपास गरेर प्रमुख तीन दलले ११ प्रदेशको सहमति गरेको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएको हो । 'हामीलाई बाइपास गरेर मधेसलाई ५ टुक्रा टुक्रा पार्ने गरी ...
Full story
- Thursday, May 17, 2012, 10:03
- Nepal News
१७ मे, काठमाडौं । बृहत लोकतान्त्रिक मधेसी मोर्चाले ११ प्रदेश बनाउने प्रमुख दलहरुको सहमतिविरुद्ध आन्दोलनको घोषणा गरेको छ । मोर्चाले राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जेठ ५ गतेदेखि अनिश्चितकालिन मधेसतराई बन्द आहृवान गरेको छ । बन्द तथा आमहडतालका क्रममा जनप्रदर्शनसहितका कार्यक्रम गरिने मोर्चाले जनाएको छ ।
बन्दमा विद्यालय, एम्बुलेन्स, कुटनीतिक नियोगका गाडी, प्रेस लगायतलाई भने आवतजावत गर्न दिइने मोर्चाले बताएको छ ...
Full story
- Thursday, May 17, 2012, 8:42
- Nepal News
१७ मे, धनगढी । सुर्खेत जिल्ला, तातोपानी गाविसकी गङ्गा सुनारबाट जन्मिएको शिशुको नाम 'अखण्ड सुदूरपश्चिम' (अन्सु) राखिएको छ । भारतबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा अत्तरियामा अलपत्र परेकी ती महिलालाई अखण्ड सुदूरपश्चिम पक्षधरका आन्दोलनकारीले पद्मा अस्पतालमा भर्ना गरेर उपचार गराउनुका साथै उनीबाट जन्मिएको शिशुको नाम 'अखण्ड सुदूरपश्चिम' राखेको आन्दोलनकारीमध्येका लोगराज पाण्डेले बताउनुभयो ।
आफ्नो १४ दिनको शिशुसहित अलपत्र परेकी ती महिलाको पद्मा अस्पतालमा निःशुल्क ...
Full story
- Thursday, May 17, 2012, 5:47
- Nepal News
१७ मे, काठमाण्डौ । नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले संविधान निर्माणमा एकीकृत माओवादीले खेलेको भूमिकाको प्रशंसा गर्नु भएको छ । माओवादी अधयक्ष प्रचण्डसंग उहाँकै निवास लाजिम्पाटमा विहीवार विहान भएको विदाई भेटमा राजदूत डेलिसीले माओवादीकै प्रयासमा शान्ति प्रक्रिया अगाडि बढेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै माओवादीको प्रशंसा गर्नु भएको हो ।
...
Full story