Archive for the ‘Community News’ Category

लुम्बिनी भ्रमण वर्ष सफल वनाउन इटलीमा विशेष प्रदर्शनी

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सफल बनाउन इटलीको मिलान गरेको विशेष प्रदर्शनी सम्पन्न गरेको छ । मिलानमा भइरहेको अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी कार्यक्रममा यही फागुन ४ गते सो प्रदर्शनी सुरु गरी ७ गते सम्पन्न गरिएको थियो । नेपाली परम्परागत वेशभूषा, पर्यटकीयस्थललाई दर्शाउने सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । सो प्रदर्शनीमा विश्वका विभिन्न ५० देशका प्रतिनिधि सहभागी रहेको बोर्डले जनाएको छ ... Full story

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत टोक्योमा

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत टोक्योमा
टोक्यो । जापान सरकारको निमन्त्रणमा नेपाल लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त टोक्यो आउनु भएको छ । नेपाल जापान साँस्कृतिक संघका अध्यक्ष समेत रहेका पन्त टोक्यो लगायत हिरोसिमा र क्योटोमा आयोजित कार्यक्रममा सहभागि हुनु हुने वताइएको छ । यसअघि आइतवार उहाँ जापान नेपाल साँस्कृतिक संघले टोक्योको किकुकावामा एक कार्यक्रममा सहभागि ... Full story

जेनिथ रेमिटद्धारा जापानवाट कारोवार शुरु

जेनिथ रेमिटद्धारा जापानवाट कारोवार शुरु
टोक्यो । जापानमा नेपाली मनि ट्रान्सफर कम्पनीहरुवीच तिब्र प्रतिस्पर्धा भइरहेका बेला अर्को नयाँ कम्पनीले पनि आइतवारवाट आफ्नो कारोवार थालेको छ । जेनिथ रेमिट नामक नयाँ कम्पनीले आक्रामक  अफरसहित कारोवार सुरु गरेको हो । कम्पनीले ५ सय येनमै नेपालमा पैसा पठाउन सकिने प्रोमोसनल अफर पनि सार्वजनिक गरेको छ । आइतवार दुई कम्पनी जेनिथ रेमिट र स्पीड मनि ट्रान्सफरवीच सम्झौता समेत भएको छ ।  ... Full story

नेपाल–जापान मैत्रीपूर्ण रेस्लिङको मज्जा काठमाण्डौमा (फोटो फिचरसहित)

नेपाल–जापान मैत्रीपूर्ण रेस्लिङको मज्जा काठमाण्डौमा (फोटो फिचरसहित)
काठमाण्डौं । नेपाल जापान सेवा सेन्टरको आयोजनामा काठमाण्डौको त्रिपुरेस्वरस्थित दशरथ रंगशाला रेस्लिङ मय थियो । रेस्लिङ खेल हेर्न रंगशालमा आउनेको भिड पनि उत्तिकै थियो । नेपाली दर्शकहरु उत्तिकै उत्सुक र रमाइलो मानेर खुब मज्जैले रेस्लिङको मज्जा लिए । जव रेस्लरहरु स्टेजमा आएर एक आपसमा भिड्न थाल्थे तब दर्शकहरु एक अर्काको पक्ष विपक्ष लिएर उनीहरुलाई हौसला वढाउथे । रेस्लिङमा जापानका फुगो फुगो युमेजी, ... Full story

टोक्योमा प्रजातन्त्र दिबस भव्यताका साथ मनाइयो

टोक्यो । १ सय ४ वर्षे क्रुर जहानिया राणा शासनको अन्त्य भएर प्रजातन्त्रको स्थापाना भएको सम्झनामा जापानको टोक्योमा पनि ६२ औ प्रजातन्त्र दिवस भव्यताका साथ मनाइएको छ । राणा शासनको अन्त्य आजकै दिन अर्थात फागुन ७ गते, २००७ सालमा भएको थियो । सोही दिन नेपाली जनता क्रुर राणा शासनको वन्देजवाट उम्केको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउदै आइएको छ ।... Full story

जापानमा तीन दशकयताकै सर्वाधिक व्यापार घाटा

टोक्यो । जापानमा तीन दसककै इतिहासमा जनवरीमा सर्वाधिक व्यापार घाटा भएको छ। यो महिनामा निर्यातको बदला लगभग १९ अर्ब डलर बढी आयात भएको बताइएको छ। जापानको अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङकअनुसार पछिल्लो वर्षको तुलनामा निर्यातमा ९ दशमलव ३ प्रतिशतले कमी आएको छ। निर्यातमा कमी आउनुको मुख्य कारण  जापानी मुद्रा येन बलियो हुनु तथा अन्तर्राष्ट्रयि बजारमा मागको कमी बताइएको छ। इन्धनमा भएको ... Full story

नेसाजको सातौ वौद्धिक कार्यशाला गोष्टी टोक्योमा (फोटो फिचरसहित)

नेसाजको सातौ वौद्धिक कार्यशाला गोष्टी टोक्योमा (फोटो फिचरसहित)
टोक्यो । जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुको छाता संगठन नेपाली बिद्यार्थी समाज जापान (नेसाज) ले आफ्नो वाषिर्क कार्यक्रम अन्तर्गत आइतवार टोक्योमा सातौ नेसाज बौद्धिक कार्यशाला गोष्ठीको आयोजना गर्‍यो । 'राष्ट्र निर्माणका लागि, आधुनिक प्रबिधि र आवश्यक नीति' बिषयक एक दिने कार्यशाला गोष्ठीका प्रमुख अतिथि महामहिम राजदूत डा. मदनकुमार भट्टाराई हुनुहुन्थ्यो। टोक्यो बिश्वबिधालय कोमाबा रिसर्च क्याम्पसको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो उद्घाटन सत्रमा ... Full story

हिमालयन लायन्स क्वल बोस्टनद्वारा नेपालमा पुस्तकालय निर्माण

बोस्टन । अमेरिकाका नेपाली समुदायबीच छ्याप्छ्याप्ति उदाएका संघसँस्थाका दाँजोमा हिमालयन लायन्स क्लवले छोटो अवधिमा नै एक उदाहरणीय कार्य गरेको छ । गठन भएको दुई वर्ष पनि पुरा नहुदै बोस्टनस्थित नेपालीहरु सम्मिलित उक्त लायन्स क्लवले हालै मातृभूमि नेपालमा एक पुस्तकालय निर्माणका लागि पाँचहजार अमेरिकी डलर -चार लाख नेरु) प्रदान गरेको छ । मोरङको हरैंचास्थित आदिवासी खबास र मुसहरको वाहुल्य रहेको श्री जनता उच्च मा. वि.मा ... Full story

पोर्चुगलको महोत्सवमा नेपाली उत्पादनहरु प्रदर्शन

लिस्वन । पोर्चुगलको लिस्वन नगरपालिकाले आयोजना गरेको महोत्सवमा नेपाली खाना तथा उत्पादनहरु प्रदर्शन गरिएको छ। गैर आवासिय नेपाली संघ पोर्चुगलले नेपालमा उत्पादन भएका विभिन्न खाद्य बस्तु प्रदर्शन सँगै पोर्चुगिस तथा अन्य देशका पर्यटकहरुलाई नेपाली खानाका स्वाद समेत उपलब्ध गराइएको थियो । लिस्वनमा भएको महोत्सवमा नेपाली उत्पादनहरुको लागि एउटा बेग्लै स्टलमा चामल, मसला, गुन्द्रुक, दाल, विभिन्न प्रकारका मसला, भट्ट लगायतका खाद्यान्नहरु ... Full story

नेपाल–जापान मैत्रीपूर्ण रेस्लिङ खेल काठमाण्डौमा सुरु

नेपाल–जापान मैत्रीपूर्ण रेस्लिङ खेल काठमाण्डौमा सुरु
काठमाण्डौ । नेपाल जापान सेवा सेन्टरको आयोजनामा काठमाण्डौमा ३ दिने नेपाल-जापान मैत्रीपुर्ण रेस्लिङ प्रतियोगिता आजवाट शुरु भएको छ । सेन्टरको आयोजनामा काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आजवाट शुरु भएको खेल आउँदो २० तारिख सम्म चल्ने  आयोजकले जनाएको छ । खेलमा नेपालका तर्फबाट हिमालयन टाईगर अर्थात भरत बिशुरालले सहभागिता जनाएका छन् भने जापानको तर्फबाट नोबोरु कुराकवा लगायतले सहभागिता जनाउने वताइएको छ ।  नेपाल र जापान सम्बन्धमा एक आयाम ... Full story
Copyright © 2012 TokyoNepal.com. All rights reserved.