- Thursday, February 23, 2012, 4:39
- Nepal News
२३ फेब्रुअरी, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ केही घटाएको छ । हाल सातामा करिव ८० घण्टा हुँदै आएको लोडसेडिङ आजबाट ७५ घण्टामा झारिएको प्राधिकरण भार प्रेसण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।
कुलेखानी जलाशयमा पानीको संचिती बढेको र चुहावट नियन्त्रणका कारण लोडसेडिङ कम गर्न सकिएको उहाँले बताउनु भयो । चुहावट हुने क्षेत्रमा थव विद्युत ...
Full story
- Thursday, February 23, 2012, 4:23
- Nepal News
२३ फेब्रुअरी, काठमाण्डौ । अमेरिकाका तीन प्रभावशाली सांसदले नेपालस्थित तिब्बती शरणार्थीलाई तेस्रो मुलुक प्रवेशका लागि बहिर्गमन भिसा दिन राष्ट्रपति र प्रधानमन्त्रीलाई चर्को दबाब दिएको खुलासा भएको छ ।
अमेरिकी तल्लो सदनका लागि म्यासाचुसेट्स राज्यका डेमोक्रयाट प्रतिनिधि जेम्स म्याक गर्भन, भर्जिनियाका रिपब्लिकन सांसद फ्यांक उल्फ र पेन्सलभेनियाका रिपब्लिकन सांसद जो पिट्सले राष्ट्रपति डा. रामबरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र लेखि तिब्बतीलाई बहिर्गमनका लागि भिसा दिन ...
Full story
- Thursday, February 23, 2012, 4:21
- Nepal News
२३ फेब्रुअरी, काठमाण्डौ । 'ब्रेन हेमरेज' अर्थात मस्तिस्कमा रक्तस्राव । यो रोग लागेपछि मान्छे हतपत नबाच्ने हुनाले मानिसहरु यसको नाम सुन्दै तर्सिन्छन् । केही महिनाअघि यसरी नै तर्सिए परिचित अर्थशास्त्री डा. बिश्वम्भर प्याकुरेल ।
उपचारका लागि डाक्टरले मागेजति पैसा तिर्न कन्जुस्याईं गरेनन् । काठमाण्डौको नर्भिक अस्पतालले १५ लाख रुपैयाँको बिल बनाएको थियो । परामर्श चिकित्सक र अन्य सेवको बिल वेग्लै थियो ।
तीन साताको अस्पताल बसाईपछि डिस्चार्ज ...
Full story
- Thursday, February 23, 2012, 4:15
- Nepal News
२३ फेब्रुअरी, काठमाडौं । भावी रणनीति तय गर्न मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी अध्यक्ष जेपी गुप्ता भष्टाचारको मुद्धामा जेल परेपछि अन्यौलमा परेको फोरम गणतान्त्रिकले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
पार्टी कार्यालय शंखमुलमा दिउँसो बस्ने बैठकमा सर्वोच्चको फैसला, पार्टीको कार्यवाहक अध्यक्ष चयन र सरकारबारे छलफल हुनेछ । सर्वोच्चको फैसलालाई पूर्वाग्रही भनेको फोरम गणतान्त्रिकमा यसको कसरी विरोध गर्ने भन्नेमा मतएक छैन ...
Full story
- Thursday, February 23, 2012, 4:12
- Nepal News
२३ फेब्रुअरी, काठमाडौं । शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनबारे प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । तीन दलको बैठक अघि साझा धारणा बनाउन कांग्रेस र एमालेको बैठक बस्नेछ ।
शान्ति मन्त्रालयमा अपराहृन बस्ने तीन दलका शीर्ष नेताहरुको बैठकमा सेनाले सेनाको समायोजन सम्वन्धी प्रस्ताव तथा लडाकू समायोजन प्रक्रिया सुरु गर्नेबारे छलफल हुनेछ ।
कांग्रेस र एमालेले नेपाली सेनाले अघि सारेको प्रस्तावबारे असन्तुष्टि जनाएका छन् ...
Full story
- Thursday, February 23, 2012, 4:06
- Nepal News
२३ फेब्रुअरी, काठमाडौं । बिहान नौ बजेपछि गोकर्ण रिसोर्टमा बस्ने बैठकमा माओवादी, काँग्रेस र एमालेका प्रमुखसहित उच्च नेतृत्व सहभागी हुनेछ । के तपाई बत्ती ननिभाई अफिस जानुभयो ? पंखा बन्द नगरी घरबाट निस्कनुभयो ? मोटर चलाएर पानी तान्नुपर्ने पो हो कि ? यस्ता समस्या छ भने अब नआत्तिनुस्। बरु मोबाइल लिनुस् एसएमएस गर्नुस् । जहाँ भए पनि तपाईंले गरेको एसएमएसले घरको स्वीच आफैं खुल्ने र ...
Full story
- Wednesday, February 22, 2012, 11:20
- Nepal News
२२ फेब्रुअरी, काठमाण्डौ । स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले तोकिएकै समयमा शान्ति प्रकृया निष्कर्षमा पुगी तोकिएकै समयमै संविधान जारी हुने ठोकुवा गर्नु भएको छ । वुधवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री रायमाझीले भन्नुभयो, 'हाम्रो जिम्मेवारी तीन महिनाभित्र शान्ति र संविधान बहाली गर्नु हो, फागुन महिनाभित्र सेना समायोजन पूरा हुन्छ बाँकी दुई महिनाभित्र नयाँ संविधान जारी हुन्छ ।'
...
Full story
- Wednesday, February 22, 2012, 11:05
- Nepal News
२२ फेब्रुअरी, कास्की । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै सेना समायोजनको काम शुरु हुने वताउनु भएको छ । उहाँले माओवादी लडाकुहरुको विदाई प्रक्रिया सकिसकेकाले केही दिनमै सेना समायोजनको काम शुरु हुने वताउनु भएको हो ।
कास्कीको पोखरामा वुधवार आयोजित एक कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया र संविधान निर्माण ...
Full story
- Wednesday, February 22, 2012, 11:03
- Nepal News
२२ फेब्रुअरी, काठमाण्डौ । दाङ्गमा वुधवार कुटपीटवाट एकजनाको मृत्यु भएको छ । दाङको घोराही- १, कपासीका पूर्ण बहादु्र पुनको कुटपिटपीटबाट आफ्नै आमा ९० की बिनकला पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पुर्ण बहादुर पुनले मादक पदार्थ सेवन गरी आमालाई कुटपिट गरेको प्रहरीले वताएको छ । पुर्णलाई अहिले जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लीएको छ । घटनाबारे अनुसन्धान भैरहेको ...
Full story
- Wednesday, February 22, 2012, 4:34
- Nepal News
२२ फेब्रुअरी, काठमाण्डौ । के नेपालमा राजसंस्था पुनस्थार्पना हुन सक्छ ? तीन बर्षअगाडी यो प्रश्न गर्ने जो कोहीले निकै सोच्नुपथ्र्यो । तर, आजकल परिस्थिति फेरिएको छ । गत साता पूर्व राजा ज्ञानेन्द्र भारत भ्रमणबाट फर्किएपछि राजाबादीहरुको अनुहार उज्यालो देखिन थालेको छ ।
तर, उनीहरुको हर्षमा पानी खन्याउँदै, भारतले दश दिन पनि नवित्दै ज्ञानेन्द्रको भ्रमणलाई ओझेलमा पार्नेगरि प्रमुख दलका ठूला नेताहरुलाई दिल्ली बोलाएको छ ।
भारतको बिशेष ...
Full story