Archive for the ‘Sahitya’ Category

बेग्लै परिस्कार खोज्छ मान्छे

बेग्लै परिस्कार खोज्छ मान्छे किन नमस्कार खोज्छ मान्छेरु कालो हुंदाहुदै हाम्रो भाग्य कालै अन्धकार खोज्छ मान्छे हार हुँदापनि  आज हेर ठूला पुरस्कार खोज्छ मान्छे भोग्दा जापानले त्यत्रो क्षती अझै आविस्कार खोज्छ मान्छे यौटै मान्छे भित्र जात भन्दै आज तिरस्कार खोज्छ मान्छे गल्ति जानाजानी गर्दै जाऊ पक्कै बहिस्कार खोज्छ मान्छे कृष्ण के श्रेष्ठ 'काल्स' योकोहामा जापान Full story

मेरो आफ्नै पहिचान भएन

भन्या जस्तो वर्तमान भएन मेरो आफ्नै पहिचान भएन सक्ने जति गरिसकें संघर्ष कुनै कुरा समाधान भएन सच्चा कर्म गर्नुसम्म गरियो खै त मेरो गुनगान भएन धेरै राम्रो बनाकोथें योजना पुरा मेरो अभियान भएन उस्कै थियो गल्तिहरु आखिर गल्ति कस्कोरु छिनोफान भएन सब्का लागि साथदिने समय मेरो लागि बलवान भएन हुन्छन् कोहि नमरेरै सहिद मेरो त्याग बलिदान भएन बाँच्न 'कृष्ण' नचाहँदा लोकमा किन आज अबसान भएन ? कृष्ण के श्रेष्ठ 'काल्स' Full story

मन रुँदै आंशु रोक्दै

मन रुँदै छ आंशु रोक्दै, रोक्ने कोसिष गर्दैछु यि बिभाजीत भएको देख्दा रोकिन्न आंशु नै मेरा ई एउटै गर्भका मिल्थे, मिलाउथे, थमाउथे तर अहिले सबै जवान भयर होकी रु मेरो ग्रह बिग्रेर होकी रु किन हो रु मेरो सन्तान प्रतिको स्नेह बराबर म त सबैलाई शक्तिशालि ... Full story

म शहिद होइन

म शहिद होइन
आमाले एक दिन कोइराला बालाइ देखाउंदै भनिनः बावु राजनितिमा हाम्फाल्न मैले भनें नाइं | फेरि आमाले थापा अंकललाइ देखांउदै भनिनः बावु ठेक्का पट्टा,दलालि सिक्न मैलें फेरि भनें नाइं | आमा रिसाउदैं भित्र पसिन थोत्रो फाटेको मझेत्रो र पुरानो थैलि ल्याएर दिइन | मैले पल्टाइ पल्टाइ हेरें सार्है जिर्ण थियो आमाको मझेत्रो अनि १५००रुपैयां थियो थैलिमा वाको हिजो वुजेको तनाखा! फर्किएर भाइलाइ हेरें कट्टु थिएन उसको वैनीलाइ हेरे अस्तिपंजर ... Full story

खसी बोकाझै रेटिन्छौ

खसी बोकाझै रेटिन्छौ तिमी बिना पैसामा बेचिन्छौ तिमी खोज्न नजाउ बाहिर शत्रु आफ्नैहरुले हेपिन्छौ तिमी गर्ने नगर असल कर्म बाटो बाटोमा छेकिन्छौ तिमी भए अस्थित्व मानब तिम्रो किन घृणाले हेरिन्छौ तिमी ? आफु बलियो नठाने हुन्छ दुब्लो पेलेझै पेलिन्छौ तिमी सज्जन्हरुको संगत गरे... Full story

नयाँ राजा पाल्नु भयो की ?

झिलिमिली बत्ति बाल्नु भयो की ? हाम्रा नयाँ राजा पाल्नु भयो की ? ओहो१ फर्की आए नेता गाउँमा आगनीमा खसी ढाल्नु भयो की ? सिंगापुर जस्तै बनाउन खै ? एक कदम् अघि चाल्नु भयो की ? भन्नु हुन्थ्यो उहाँ जिताई त हेर भने जस्तै काम थाल्नु भयो की ? कृष्ण के श्रेष्ठ 'काल्स' योकोहामा जापान Full story

उनको विछोडले परदेशीएको होइन म

उनको विछोडले परदेशीएको होइन म
हिजो उनको विछोडले परदेशीएको होइन म उच्चशिक्षा हांशिल गर्न पनि परदेशिएको होइन म दुई छाक खानाको इन्तजाम गर्न पनि परदेशिएको होइन म न त एक जोर भोटो हाल्न नै परदेशिएको हुं म ||| मलाई उस्ले परदेशि बनाएको हो मलाई उस्ले मातृभुमि बाट लखेटेको हो उसैले ... Full story

आउ प्रिय अंगालोमा

नछुटिने नाता हाम्रो, कसौं हामी मिलिजुली आउ प्रिय अंगालोमा, बसौं हामी मिलिजुली खुसी हुनु दुखी हुनु, जिन्दगीको नियति हो जो रोएनी आँसु बनि, खसौं हामी मिलिजुली केहि गरि छुट्नै परे, चोखो माया गर्दा गर्दै खरानी यो निधारमा, घसौं हामी मिलिजुली गहिरो यो प्रेम सागर, माया टिप्न पिध सम्मै माछो जस्तै पौडिएर, पसौं हामी मिलिजुली अन्धो हुन्छ माया जाल, भन्ने गर्छन् सबैजना जानीजानी हाँसीखुसी, फसौं हामी मिलिजुली भमरा झैं लठ्ठी हामी, माया चुस्दै मस्त हुँदा भुलोस् ... Full story

कवि मानन्धरका दुई कृति सार्वजनिक

१ नोभेम्वर, लण्डन । बेलायतमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका कवि कवि ईश्वर मानन्धरका नवीनतम कृतिहरु 'म आकाश र ताराहरु' (कवितासङ्ग्रह) तथा 'ठटयौली भाग दुई' (हास्यव्यङ्ग्य) सागालो सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनमा ल्याएको कृतिमा मुलुकको जल्दाबल्दा समस्या, राजनीतिक घटनाक्रम, विकृति­विसङ्गति र त्यसको संवेदनशीलतालाई समेटिएको छ । कवि मानन्धरको यो नवौ कृति हो । दुबै कृतिको वरिष्ठ चलचित्रकर्मी यादव ... Full story

झुठो कसम खा,को भए मरीजाउँ

-धरोधर्म झुठो कसम्, खाको भए मरीजाउँ तिमी छाडी अन्तै माया, लाको भए मरीजाउँ यति राम्री मेरी प्यारी, माया गर्ने हुँदा हुँदै अर्कै ठिटी संग डिस्को, गाको भए मरीजाउँ जिस्काउन केटीहरु, सबेरै त्यो पँधेरिमा आँखा मिची दिन दिनै, धाको भए मरीजाउँ यति चोखो तिम्रो माया, बिर्सिएर अरु संग लुकिछिपी कुराकानी, भाको भए मरीजाउँ हाँसीखुसि बाँच्नलाई, तिम्रो माया भए पुग्छ कसैबाट जालीमाया, पाको भए मरीजाउँ प्यास मेट्न जवानीको, योवनमा लठ्ठीएर साथ माग्न तिम्रो सामु, आको भए मरीजाउँ कृष्ण के ... Full story
Copyright © 2012 TokyoNepal.com. All rights reserved.